images
images

चिलीको जङ्गलमा लागेको भिषण आगलागीमा परी अग्नि नियन्त्रकसहित १३ जनाको मृत्यु

एजेन्सी । चिलीको जङ्गलमा डढेलो लागेको छ। अत्यधिक गर्मीका कारण लागेको आगलागीमा परी हालसम्म १३ जनाको मृत्यु भइसकेको छ।

आगो १४ हजार हेक्टर क्षेत्रफलसम्म फैलिएको अधिकारीहरुले जनाएका छन् ।

राजधानी सान्टियागोबाट करिब पाँच सय किलोमिटर टाढा रहेको सान्ता जुआना सहरमा अग्नि नियन्त्रकसहित १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

आपतकालीन सहयोगका लागि पुगेको हेलिकप्टर पनि लाअराउकानियामा दुर्घटनाग्रस्त भएको छ।

आगो निभाउनका लागि अर्जेन्टिना र ब्राजिलका ६३ विमान परिचालन गरिएको अधिकारीहरुले बताएका छन्।

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS