images
images
images

चीनबाट नेपालले राम्रो फाइदा लिनुपर्ने बिज्ञहरुको सुझाब

काठमाण्डौं, ७ कात्तिक । फ्रेन्डसिप फोरम फर नेप्लिज जर्नालिस्टले चिनियाँ कम्युनिष्ट पार्टीको नयाँ नेतृत्व र विश्वव्यापी रुपमा यसले पार्ने प्रभाव विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।       

काठमाडौं नयाँ बानेश्वरमा आयोजित सो अन्तरक्रिया कार्यक्रममा बोल्नु हुँदै नेकपा मालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले चीन र विश्वका समस्या समाधान गर्न चिनियाँ कम्युनिष्ट पार्टीको २० औं महाधिवेशनले सी चिनफिङ्गको नेतृत्वमा गतिलो नेतृत्व बनाउन सफल भएको भन्दै सीपीसीको नयाँ नेतृत्व र चिनियाँ कम्युनिष्ट पार्टीलाई सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपाल सरकारका पूर्वमुख्य सचिव तथा चीनका लागि पूर्व नेपाली राजदूत लीलामणी पौड्यालले सी चिनफिङ्गको नेतृत्वमा उदाएको चिनियाँ कम्युनिष्ट पार्टीको नयाँ नेतृत्वलाई सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नुभयो । साथै पौड्यालले विश्वभरीका सारा नागरिकले साझा सुरक्षा चासोको अवधारणा बनाइरहेको समयमा सी चिनफिङ्गले प्रतिपादन गर्नुभएको विश्वव्यापी सुरक्षा पहलको सुरुवात चीनले गरे नेपाल चीनको साथमा रहने बताउनु भयो ।

वरिष्ठ लेखक तथा कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले चिनियाँ कम्युनिष्ट पार्टीको २० औं महाधिवेशनले निर्वाचित गरेको केन्द्रीय समिति र पोलीटव्यूरो साथै स्थायी कमिटी पार्टी महासचिव सी चिनफिङ्गले प्रस्तुत गर्नुभएको चिनियाँ विशेषतायुक्त समाजवाद र महाधिवेशनमा प्रस्तुत कार्यपत्रलाई व्यवहारमा कार्यान्वयन गर्न नमूना टीम भएको बताउनु भयो ।

नेपाल-चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डक्टर हरिश्चन्द्र शाहले सी चिनफिङ्ग नेतृत्वको चिनियाँ कम्युनिष्ट पार्टीको बर्तमान नेतृत्व नेपालसँग एक दशक भन्दा लामो समयदेखि परिचित भएकोले चीनले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको बताउनु भयो ।

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले नेपालका असल मित्र सी चिनफिङ्ग तेस्रो कार्यकालको लागि चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा आउनु भएकोले अब नेपाल र चीनले आआफ्ना समस्या खुलस्त रुपले भन्न सक्नु पर्ने बताउनु भयो ।

नेपाल कम्युनिष्ट पार्टी बहुमतका कार्यालय सदस्य दिपक चलाउनेले नव निर्वाचित चिनियाँ कम्युनिष्ट पार्टीको वर्तमान नेतृत्वलाई विश्वले आशावादी ढंगले हेरेको बताउनु भयो ।

चीन अध्ययन केन्द्रका सचिव प्रकाश बाबु पौडेलले चीनलाई कमजोर देख्न चाहनेहरुका लागि चिनियाँ कम्युनिष्ट पार्टीको हालै निर्वाचित नेतृत्व अत्यन्त प्रतिकुल निर्णय भएको धारणा व्यक्त गर्नुभयो । सी चिनफिङ्ग विचारधारा चीनको विकास र समृद्धिसँग जोडिदै आएको बताउनुहुँदै सचिव पौडेलले सीले थालनी गर्नुभएका विआरआई लगायतका परियोजनाहरु अब अझ सवल रुपमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

चाईना मिडिया ग्रुपका नेपाल ब्यूरो प्रमुख चाङ्ग युए (वर्षा)ले चिनियाँ कम्युनिष्ट पार्टीको नयाँ नेतृत्वसँँग नेपाली जनताका आशा र भनाई के के छन् सो बुझ्न आफु उत्सुक रहेको बताउनु हुँदै नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको शुभकामना व्यक्त गर्नुभयो ।

फ्रेन्डसिप फोरम फर नेप्लिज जर्नालिस्टका अध्यक्ष रमेश हतुवालीले चिनियाँ कम्युनिष्ट पार्टीको नव निर्वाचित नेतृत्व चिनियाँ विशेषतायुक्त समाजवादको झण्डालाई निन्तर माथि उठाउँदै अघि बढ्न सकोस् भनि शुभकामना व्यक्त गर्नुभएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको २० औं महाधिवेशनले गत शनिवार सी चिनफिङ्गको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीलाई आगामी ५ वर्षसम्म नेतृत्व गर्ने सवल टिमको निर्वाचन सम्पन्न गरेको हो ।

फोटो: उद्धव बोगटी

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS