काठमाडौं । दक्षिण एसियाकै प्रतिष्ठित ई–कमर्स प्लेटफर्म, दराज नेपालले वर्षकै सर्वाधिक ठूलो क्याम्पियनका रुपमा परिचित दराज ११.११, “द बिगेस्ट सेल अफ दि ईयर”को घोषणा गरेको छ ।
“फर दि शोस्टपर ईन यू” थीममा आधारित हुने यो अभियान कार्तिक २४ गते (नोभेम्बर १०)को राति ८ बजेदेखि सुरु भएर मङ्सिर ५ गते (नोभेम्बर २१) सम्म चल्ने दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुवँरले जानकारी दिएकी छन् ।
स्पेस फोरके टेलिभिजनसँग कुराकानी गर्दै प्रबन्ध निर्देशक कुवँरले करिब दुई सातासम्म चल्ने यो मेगा–सेलमा ग्राहकहरूले सबै श्रेणीका उत्पादनहरुमा अभूतपूर्व छुटका साथै रोमाञ्चक अनुभव प्राप्त गर्न सक्ने बताएकी छन् ।
यस वर्षको ११.११ सेलमा हालसम्मकै सबैभन्दा ठूला अफरको श्रृंखला नै प्रस्तुत गरिने जानकारी दिइएको छ । अफरहरुमा ८५% सम्म अफको फ्ल्याश सेल, ७५% सम्म अफको मेगा डिल, ७०% सम्म अफको हट डिल, र रोमाञ्चक फास्टेस्ट फिंगर फ्ल्याश सेल लगायत समाविस्ट हुनेछन् ।
ग्राहकहरूले मेगा सेल अवधिभर अत्यधिक लोकप्रिय १÷११÷१११÷ १,१११÷ ११,१११ रुपैयाँ डिलहरु पनि पाउन सक्नेछन् । साथै, असंख्य उत्पादनहरुमा ब्राण्ड स्पटलाईट डिस्काउन्ट्स र निःशुल्क डेलिभरी सुविधाको लाभपनि लिन सक्नेछन् । डेलिभरी डिस्काउन्ट सुविधा रु.३९९ माथिका अर्डरमा तथा रु.६९९ माथिका अर्डरहरुमा निःशुल्क डेलिभरी सुविधा पनि उपलब्ध हुनेछ ।
मेगासेलमा रोमाञ्चकता थप्नका लागि १ रुपैयाँ डिल अझ बृहत्तरुपमा सञ्चालन गरिने दराज नेपालकी प्रबन्ध निर्देशक कुवँरले जानकारी दिईन् । यो डिलमा सहभागी हुनका लागि ग्राहकहरूले १ रुपैयाँ मूल्यांकन गरिएका निशुल्क उपलब्ध हुने (१००% छुटसहित) विशेष उत्पादनहरू अर्डर गर्नु पर्ने हुन्छ । यसरी अर्डर गर्न सफल सबैजना स्वतः डिलमा सहभागी हुनेछन् । यसरी आफ्नो सहभागिता जनाउनु भएका उपभोक्ताहरु मध्यबाट एक जना भाग्यशाली उपभोक्ताले एथर रिज्टा इलेक्ट्रिक स्कूटर जित्ने सुनौलो अवसर प्राप्त गर्नेछन् । विजेता छनोट अधिकतम डेलिभर भएका अर्डर र न्यूनतम रु.१०,००० को खरिद सर्त पूरा भएको आधारमा हुने जानकारी दिइएको छ ।
नोभेम्बर १० को राति ८ बजेदेखि सुरु हुने सेलको शुरुवातमा मिडनाइट रश आवर अन्तर्गत ८% हाई भ्यालुका भाउचरहरू (रु.१,१११ सम्म) राति ८–९ र १२–१ बजेसम्म उपलब्ध हुनेछन् । साथै, फ्ल्याश भाउचर हरेक दिन बिहान ११ र बेलुका ७ बजे सार्वजनिक गरिने छ । साथै, उपभोक्ताहरुले थिम्ड डेज्मापनि अत्यन्त आकर्षक अफरहरुको मज्जा तथा लाभ उठाउन सक्नेछन् । उदाहरणका लागि, फेसन विकेन्ड (शनिवार–आइतवार), इलेक्ट्रोनिक्स ट्युजडे, लाइफस्टाइल वेड्नेसडे, मदर एन्ड बेबी थर्सडे, ब्यूटी एन्ड केयर फ्राइडे, र दराजमल मन्डे मा पनि विशेष छुट र सिमित समयका लागि आकर्षक डिलहरू उपलब्ध हुनेछन् । त्यसैगरी, दराज च्वाइस च्यानल मार्फत बाई थ्री गेट फ्रि डेलिभरी र बाई फोर गेट वान फ्रि गिफ्ट विथ फ्रि डेलिभरी अफरहरू पनि पाउनु हुनेछ । यस वर्षको मेगा डिलमा सेटाफिल, एईविबी, न्यूलाइट, यूनिलिभर, होनसा, ग्रिन लाईफ एक्स्पेरियन्स, मिनिमलिस्ट, ब्राण्डहाउस, अल्टिमा लाईफस्टाइल, फोरया र मसलब्लेज प्लेटिनम पार्टनरका रूपमा रहेका छन् ।
गोल्ड पार्टनरका रुपमा, डा.सेथ्स, जुभारा, केएल डुगड गु्रप, ई–प्लाजा, एंकर, नाईक र सिल्भर पार्टनरका रुपमा किक लाईफस्टाइल, फ्यानटेक, श्रीसालासार डिस्ट्रिब्यूटर्स, ब्लेस अनलाइन, माटो नेपाल, पिज्जा ईटालिया, ¥हाइना डर्मा रहेकाछन् । प्लेटिनम, गोल्ड तथा सिल्भर पार्टनरका रुपमा समाविस्ट यी ब्राण्डहरुले संयुक्तरुपमा ११.११ अवधिभर ईलेक्ट्रोनिक्स, फेशन, एफएमसीजी, हेल्थ एण्ड ब्यूटी, होम अप्लायन्सेस तथा लाईफस्टाइल अन्तर्गत नेपालकै बेस्ट अफरहरु उपलब्ध गराउने कम्पनीकी प्रबन्ध निर्देशक कुवँरले बताएकी छन् । दराजको लक्ष्य ई–कमर्सलाई सबैका लागि पहुँचयोग्य बनाउनु र स्थानीय समुदायलाई उत्कृष्ट मूल्य र विविधता प्रदान गरेर उनीहरूको जीवनस्तर सुधार्न मदत गर्नु रहेको जनाएको छ ।
दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले दराज सधैं वाणिज्य शक्तिको माध्यमबाट समुदायहरूको उत्थान गर्न प्रतिबद्ध रहेको बताएका छन् । ११ः११ योजनाले विक्रेताहरूलाई बिक्री बढाउन साथै उपभोक्ताका लागि अनलाइन किनमेललाई थप पहुँचयोग्य बनाउन मद्दत गरेको पनि जानकारी दिएकी छन् ।


सपना सिंह







