
काठमाडौं । अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरको लागि पनि दसैँको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ ।
समितिको आइतबार बसेको बैठकले ३० वटा देशमा टीका लगाउने सही समय तय गरेको हो ।
समितिमा अनुसार धेरै नेपालीको बसोबास रहेको क्षेत्रमा माग बमोजिम ३० देशमा टीकाको साइत तयार पारिएको छ ।
अहिले अमेरिकाको लागि त्यहीँको समयसँग मिल्दो पात्रो बनाउने काम समेत चलिरहेको भन्दै विदेशमा बस्नेहरूको लागि पनि दसैँको टीकामा अन्यौल नहोस् भनेर त्यहीको ग्रहको दृष्टि अनुसार समय यकिन गरिएको समितिको भनाइ छ ।
हेर्नुहोस कुन देशमा कति बजे शुभ साइत ?
