images
images

दिल्लीको विधानसभा चुनावमा भाजपालाई स्पष्ट बहुमत

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)ले दिल्लीको विधानसभा चुनावमा आम आदमी पार्टीलाई पराजित गर्दै स्पष्ट बहुमत हासिल गरेको छ।

७० सदस्यीय विधानसभामा भाजपाले ४८ सिट जितेको छ भने दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप) २२ सिटमा खुम्चिएको छ। भारतीय राष्ट्रिय कांग्रेसले भने एक सिट पनि जित्न सकेन।

निर्वाचनमा दिल्लीका पूर्वमुख्यमन्त्री केजरीवाल, पूर्वउपमुख्यमन्त्री मनिष सिसोदियालगायत आपका कैयौं शीर्ष नेताहरु पराजित भएका छन्।

फेब्रुअरी ५ मा भएको दिल्ली विधानसभा निर्वाचनको शनिबार मतगणना भएको हो।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS