images
images

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले थुनामा राखेर अनुसन्धान गर्न तीन दिनको म्याद दिएको छ।

नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार साइबर अपराधको कसूरमा पक्राउ परेका प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति मागेको हो।

नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले आइतबार दिउँसो प्रसाईंलाई भक्तपुरस्थित उनको निवासबाटै पक्राउ गरेको थियो। उनीविरुद्ध साइबर अपराधको कसूर गरेको भन्दै ब्यूरोमा उजूरी परेको थियो। असोज २ गते उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।

प्रसाईं पक्राउ परेपछि उनका समर्थकले नाराबाजी गरेका थिए। त्यसक्रममा प्रसाईंका केही समर्थकलाई पनि पक्राउ गरिएको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS