images
images

धरौटीवापत ६० लाख बैंक ग्यारेन्टी बुझाएर रवि रिहा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने ६० लाख रुपैयाँ धरौटी बुझाएर हिरासतमुक्त भएका छन्।

काठमाडौं कालीमाटीको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना मुद्दामा तीन दिन प्रहरी हिरासत बसेर लामिछाने धरौटी बुझाएर रिहा भएका छन् ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी अमरबहादुर चन्दका अनुसार अदालतको आदेशबमोजिम लामिछानेले बैंक ग्यारेन्टी बुझाएका हुन्।

रविलाई प्रहरीले परिवारको जिम्मा लगाएको छ। पोखराबाट ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएपछि लामिछाने आइतबार बिहान अदालत उपस्थित भएका थिए ।

आइतबार बयान भएपछि न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले लामिछानेलाई हिरासत पठाएका थियो। सोमबार सरकारी वकिलको पक्षबाट बहस भएको थियो ।

मंगलबार बिदा भएकोले रविका पक्षबाट बुधबार बहस भएको थियो । बुधबार नै सरकारी वकिलको पक्षबाट जवाफी बहस भएको थियो । बहस सकिएपछि बुधबार साँझ न्यायाधीश अधिकारीले रविलाई धरौटीमा रिहा गर्न आदेश दिएका हुन्।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS