images

निजी अस्पतालमा वीरगन्ज महानगरको छड्के अनुगमन

वीरगन्ज । वीरगन्ज महानगरपालिकाको अनुगमन टोलीले मङ्गलवार पनि वीरगन्जको  दुई वटा निजी अस्पतालमा छड्के अनुगमन गरेको छ ।

वीरगन्ज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलमको संयोजकत्वमा गठित अनुगमन समितिले वीरगन्जको गण्डकस्थित रहेको नारायणी बयोधा मेडिसिटी अस्पताल र वीरगन्जको पानी टंकी रोडस्थित प्रभु हस्पिटलमा अनुगमन गरेको छ।

बयोधा माडिसिटी अस्पतालको ल्याब, आइसियु फार्मेसी र चमेना गृह (क्यान्टिन)मा अनुगमन गरिएको र त्यस क्रममा कुनै पनि त्रुटि फेला नपरेको अनुगमन समितिका सदस्य तथा वीरगन्ज महानगरका कार्यपालिका कार्यपालिका सदस्य कन्हैया ठाकुरले बताएका छन् ।

प्रभु हस्पिटलको पनि ल्याब, आइसियु , फार्मेसी र चमेना गृह (क्यान्टिन) मा पनि अनुगमन गर्दा त्यहाँ पनि कुनै त्रुटि नभेटिएको जानकारी ठाकुरले दिए । दुवै अस्पतालमा सरसफाइको अवस्था पनि राम्रो अवस्थामा रहेको पाइएको जानकारी समेत दिएका छन् । अनुगमन टोलीमा महानगरका अधिकृत विपिन कुमारलाल दास, समितिका सदस्य कन्हैया ठाकुर, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि ब्रह्मदेव यादव, प्रहरी सहायक निरीक्षक बृजकिशोर यादव लगायतको पनि सहभागीता थियो ।

यसअघि सोमबार उक्त अनुगमन समितिले वीरगन्जकै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा पनि अनुगमन गरेको थियो ।