images

नेपाल आइपुगिन् जापानी विदेशमन्त्री कामीकावा, के छ दिनभरको कार्यतालिका ?

काठमाडौं । जापानी परराष्ट्रमन्त्री योको कामीकावा एक दिने भ्रमणका लागि नेपाल आइपुगेकी छन् ।

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा उनी नेपाली भ्रमणमा आएकी हुन् । उनलाई एयरपोर्टमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेकी थिइन् । एयरपोर्टबाट उनलाई सिधै होटल लागिएको थियो ।

भ्रमण तालिका अनुसार विदेशमन्त्री योकोले २ः३० बजे दरबार स्क्वायरको भ्रमण गर्नेछिन् भने तीन बजे परराष्ट्र मन्त्रालयमा मन्त्री श्रेष्ठसँग दुई पक्षीय वार्ता हुनेछ ।

३ः३० बजे मण्डला बुक प्वाइन्टको अवलोकन गरेपछि चार बजे प्रधानमन्त्री प्रचण्डसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई पक्षीय शिष्टाचार भेटघाट हुने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि उनी पुनः होटल फर्किने कार्यक्रम रहेको छ । त्यसपछि साँझ ६ बजे परराष्ट्र मन्त्री श्रेष्ठले सोल्टी होटलमा दिने रात्रिभोजमा विदेश मन्त्री योको सहभागी हुने छिन् । डिनरपछि साँझ ७ बजे राष्ट्रपतिसँग मन्त्री कामीकावाले भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति पौडेलसँगको भेटघाटपछि ८ः३५ बजे जापानी पत्रकारहरुसँग भेटघाट गर्ने कार्यक्रम राखिएको छ । पत्रकारसँग भेटघाटपछि उनी राति १० बजे जापान फर्किने कार्यक्रम रहेको छ ।