images

नेप्से १५.५४ अंकले घट्यो, कुल ६ अर्ब ६५ करोडको कारोबार

काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से १५.५४ अंकले घटेको छ ।

२६ सय १० बिन्दुबाट सुरु भएको बजार ०.५९ प्रतिशतले घट्दै २५ सय ९४ बिन्दुमा पुगेको हो ।

सोमबार १७५ वटा कम्पनीको मूल्य घटेको छ । यसमध्ये आत्मनिर्भर लघुवित्त र सिन्धु विकास बैंकको मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

६३ कम्पनीको मूल्य बढ्दा बाराही हाइड्रोपावरको मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।

सोमबार कुल ६ अर्ब ६५ करोड ८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार नेप्सेका सबै उपसमूहको सूचक घटेको छ ।