images
images
images

नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि भिडन्त आज

काठमाडौं । सातौँ केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि शनिबार साविक उपविजेता एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्दैछन्।

शुक्रबार पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। पुलिस क्लबले आर्मीलाई २५–१९,१७–२५,२५–१५ र २५–१३ ले हराएको थियो।

शुक्रबार नै भएको राउण्ड रोविनको अन्तिम खेलमा चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गर्दै एपीएफले पुलिस क्लबसँगको भेट पक्का गरेको थियो।

एपीएफले डायमण्डलाई २५–१६,२५–१८,१९–१५,२५–१३ र १५–११ ले हराएको थियो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद कभर्डहलमा हुने फाइनल खेल दिउँसो २ बजे सुरु हुनेछ।

आज नै हुने तेस्रो स्थानको खेलमा त्रिभुवन आर्मी क्लब र चन्द्रागिरि नगरपालिका न्यु डायमण्ड महिला भलिबल क्लब खेल्नेछन्। तेस्रो स्थानका लागि खेल मध्यान्ह १२ बजे हुनेछ।

चार टोली सहभागी प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार तथा उपविजेताले २ लाख ५० हजार रुपैयाँ पाउनेछन्। तेस्रो हुनेले १ लाख २५ हजार र चौथो हुने टोलीले ६२ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछिन्। विधागततर्फ उत्कृष्ट हुनेले जनही २५ हजार प्राप्त गर्नेछन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS