images
images

पार्टी र आर्थिक संस्थाहरू बिचौलियाको कब्जामा छन्ः स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति, सांसद एवं अर्थविद् डाक्टर स्वर्णिम वाग्लेले अहिले बिचौलियाको राज भएको बताएका छन्।

आइतवार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा बोल्दै उनले आफू बैंकर र व्यवसायी छुट्याउने पक्षमा रहेको बताए। उनले अहिले बिचौलियाको राज भइरहेको आरोप समेत लगाए। उनले पार्टीहरू बिचौलियाको कब्जामा रहेको र आर्थिक संस्थाहरू पनि कब्जामा रहेको बताए।

वाग्लेले भने‚ ‘बैंकर र व्यवसायी छुट्याउनै पर्छ। किनकि स्वार्थ बाझिन्छ। अहिले बिचौलिया राज भइरहेको छ। पार्टी र आर्थिक संस्थाहरू उनीहरूकै कब्जामा छन्। यो एकाधिकार बढ्दै जाँदा उनीहरू हावी हुने अवस्था आएको छ। यसलाई हामीले तोड्नैपर्ने हुन्छ।’

वाग्लेका अनुसार भावनामा बगेरभन्दा पनि आवश्यक अध्ययन तथ्यका आधारमा बैंकर र व्यवसायी छुट्याउनेबारे निर्णय लिन जरुरी छ। अहिले गैरबैंकिङ सम्पत्ति डरलाग्दो तवरले बढेको समेत उनले बताएका छन्।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS