images
images

प्रचण्डको भाइ भन्दै आलोचना भएपछि बोले नारायण दाहाल

काठमाडौं– राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिएका माओवादी केन्द्रका सांसद नारायण दाहालले पार्टीमा आफूले कुनै जिम्मेवारी पाउनेबित्तिकै प्रचण्डको भाइ भनेर आलोचना हुने गरेको भन्दै गुनासो गरेका छन्।

राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दर्ता गरेपछि दाहाललाई संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुले प्रचण्डको भाइ भएका कारण अवसर पाएको भनिन्छ नि भनेर सोधेका थिए । जवाफमा दाहालले पार्टीमा आफ्नो योगदान अनुसार जिम्मेवारी पाएको दाबी गरे । आफूलाई विगतदेखि नै प्रचण्डको भाइ भन्दै आलोचना गर्ने गरिएको दाहालले गुनासो गरे । दाहालले यस्ता आरोप सुन्दा र त्यसको खण्डन गर्दा आफ्नो कान पाकेको र मुख थाकेको बताए।

‘म ०३६ सालदेखि नै यो पार्टीको राजनीतिमा छु। दाजुभाइको नाताको चर्चा गर्नेले जनयुद्धमा दाइ हिँडेका छन्, तँ हिँड्न पाउँदैनस् भन्ने कुरा किन नगरेको’ उनले प्रश्न गरे। आफूले प्रचण्डको भाइ भएर अवसर नपाएको दाबी उनको थियो।

‘यो परिवारवाद होइन। यस्ता प्रश्नको उत्तर दिँदादिँदा मेरो कान पाक्यो, मुख थाक्यो। मैले पार्टीमा कुनै जिम्मेवारी पाउँदा यस्तो आरोप लाग्ने गरेको छ। प्रदेश सह इन्चार्ज बन्दा पनि यस्तै भनेका हुन्। ०३६ सालदेखि म यो पार्टीमा छु। म पार्टीमा खटिएको कुरा थाहा नपाउनेहरूले नै मलाई प्रश्न गरिरहेका छन्।’

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS