images
images
images

भारतीय बस दुर्घटना: अपडेट मृत्यु हुनेको संख्या २१ जना पुग्यो

काठमाडौं । तनहुँको आँबुखैरेनीमा शुक्रवार बिहान भएको भारतीय बस दुर्घटनामा मृत्यु हुने २१ जना पुगेका छन् । मृत्यु हुनेमा ११ महिला, आठ पुरुष र बालबालिका रहेका छन् ।

सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार १९ जनाको मृत्यु भएको र २ जनाको शव गाडीले च्यापेको अवस्थामा रहेको छ। उद्धार जारी रहेको उनले जानकारी दिएका छन् ।

बसमा चालक र सहचालकसहित ४३ जना भारतीय यात्रु रहेका बताइएको छ।  दुर्घटना हुँदा घाइते भएकामध्ये १२ जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।

शुक्रवार बिहान ११ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौँ आउँदै गरेको भारतीय नम्बरको बस तनहुँको आँबुखैरेनी गाउँपालिका २ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा खसेर दुर्घटना भएको थियो।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS