images

भ्रष्टाचारको प्रमाणसहित रमेश खरेलले दिए कुलमानविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

नेपाल प्रहरीका अवकाशप्राप्त डिआइजी एवं अभियन्ता रमेश खरेलले घिसिङविरुद्ध मङ्गलवार उजुरी हालेका हुन् ।

पछिल्लो समय उद्योग व्यवसायीसँग प्राधिकरणको विद्युत् महसुल र अन्य विषयमा लिएर विवाद भइरहेका बेला खरेलले उजुरी दिँदै छानबिनको माग गरेको जनाएका छन् ।

घिसिङले राज्यलाई करोडौँ रुपैयाँ घाटा हुने गरी पीपीए गरेको खरेलले उजुरीमा उल्लेख गरेका छन् । ६६ वटा कम्पनीसँग पीपीए गर्दा कानुन मिचिएको र त्यसले राज्यलाई १ करोड १७ लाख २६ हजार ५२० रुपैयाँ राजस्व घाटा भएको खरेलको दाबी छ ।