images
images

मनसुनसँगै बाढी–पहिरोको जोखिम बढ्दो, सरकारको पूर्वतयारी भाषणमै सीमित

काठमाडौं । मंगलबार आएको बाढीले रसुवा जिल्लाको विभिन्न क्षेत्रका बस्तीसंगै केही भौतिक संरचनाहरू तहसनहस बनायो । सडकहरू अवरुद्ध हुँदा सम्पर्क विच्छेद भयो । कतिपय स्थानमा मानिसहरू विस्थापित बने ।

अझै पनि केही महिना मनसुन सक्रिय रहने प्रक्षेपण छ । रसुवामा बाढी के कारणले आएको हो भन्ने पुष्टि अहिले सम्म हुन सकेको छैन ।

नेपाल र चिन बिच सुचना आदान प्रदान गर्ने संयन्त्र नहुदाँ धेरै मानविय क्षति हुन पुगेको जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाको दावी छ । यष वर्ष विगतका वर्षमा भन्दा वर्षाको सम्भावना उच्च रहेको भन्दै सर्तकता अपनाउन विभागले आग्रह गरेको छ ।

यता, सरकारले विपद् व्यवस्थापनका लागि सम्पूर्ण तयारी गरिरहेको भाषण गरेपनि वास्तविकता त्यस्तो देखिदैन । विपद्को घटना भईसकेपछी बैठक बस्ने र योजना बनाउने पुरानै प्रणालीले नियमितता पाएको छ ।

विपद्पछिको उद्धार कार्यमा पनि सरकारको गति निकै सुस्त देखिन्छ । प्रत्येक वर्ष विपद्का घटनाले ठूलो जनधनको क्षति हुने गरेको भएपनि सरकार पूर्वतयारीमा जहिले चुक्ने गरेको विज्ञहरुको भनाइ छ ।

विपद् व्यवस्थापनका लागि नीति, ऐन, योजना बनाइएका छन् । तर कार्यान्वयन तह कमजोर, खण्डीकृत तथ्यांक, स्रोतको न्यून उपलब्धता र प्रविधिको अभावले समस्यालाई अझ गम्भीर बनाइरहेको छ ।

विपद् पश्चात उद्धारका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा कमाण्ड पोष्ट तयार गरिएको छ ।

सरकारका जिम्मेवार निकायहरू विपद् आएपछि मात्रै सक्रिय हुने, निरीक्षण गर्ने तर कार्यान्वयनमा भने कमजोर हुने गरेकाले आलोचना चुलिँदै गएको छ ।

मनसुन अझै केही महिना सक्रिय रहने हुँदा बाढी र पहिरोलगायतका विपद्को जोखिम कायमै छ । तसर्थः सम्बन्धित निकायले जोखिम क्षेत्रहरू पहिचान गरी पूर्वतयारी, राहत र उद्धारमा विशेष ध्यान दिन जरुरी भइसकेको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS