images

राष्ट्रपतिको दौडबाट बाहिरिने बाइडेनको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको दौडबाट बाहिरिने घोषणा गरेका छन् ।

राष्ट्रपतिको निर्वाचन हुनु ४ महिनाअघि उनले उम्मेदवारबाट पछि हट्ने निर्णय गरेका हुन् । गत महिनाको अन्त्यमा हिंस्रक प्रदर्शनपछि डेमोक्र्याटहरूको बढ्दो संख्याले उनलाई उम्मेदवारी फिर्ता लिन दबाब दिएका थिए ।

बाइडेनल आफू पुनः निर्वाचित हुने भएपनि उम्मेदवारी त्याग गरेको र बाँकी कार्यकालको लागि राष्ट्रपतिको रूपमा कर्तव्य पूरा गर्नमा मात्र ध्यान केन्द्रित गर्ने बताए । आफ्नो निर्णय पार्टी र देशको हितमा रहेको आश गरेको उनको भनाइ छ ।

बाइडनले डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको नयाँ उम्मेदवारका रुपमा कमला ह्यारिसलाई समर्थन पनि घोषणा पनि गरेका छन् । डेमोक्रेटिक पार्टीका तर्फबाट अब नयाँ उम्मेदवारको प्रतिस्पर्धामा ह्यारिस नै अघि हुनेछिन् । तर, उनले पार्टीको प्राइमरी जितेर आउनुपर्ने हुन्छ ।