images

राष्ट्रिय सभाको गरिमा बढाउने गरी काम गर्छुः अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका नवनियुक्त अध्यक्ष नारायण दाहालले राष्ट्रिय सभाको गरिमा बढाउने गरी काम गर्ने बताएका छन् ।

मंगलबार अध्यक्षमा निर्वाचित भएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले राष्ट्रिय सभाले निर्वाह गर्ने भूमिका स्थापित गर्न र गरिमा उठाउन भूमिका खेल्न निरन्तर लागिरहने बताएका हुन् । दाहालले राष्ट्रिय सभाको अधिकार क्षेत्रभित्र पर्ने कुराहरूलाई गम्भीरतापूर्वक लिएर अघि बढ्ने बताए ।

‘मुख्यगरी राष्ट्रिय सभाको गरिमालाई माथि उठाउने कुरा र राष्ट्रिय सभाले गर्नुपर्ने सबै दायित्व, भूमिकालाई पूरा गराउनका निम्ति सबै दलसँग सम्बद्ध माननीय सदस्यहरूलाई एकताबद्ध गरेर लैजाने कुरामा म प्रतिबद्ध छु । त्यसमा सफल हुन्छु भन्ने आत्मविश्वास पनि छ ।’ दाहालले भने ।

उनले संविधानमा उल्लेख भए अनुसार राष्ट्रिय सभाको कार्यक्षेत्रभित्र पर्ने हरेक विषय कार्यान्वयन गर्न भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।