images

रास्वपाले सभापति रवि लामिछाने पक्राउविरुद्ध पोखरा र काठमाडौंमा प्रदर्शन गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछाने पक्राउविरुद्ध पोखरा र काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ ।

रास्वपाले शनिबार बिहान ११ बजे पोखरा चिप्लेढुंगा र दिउँसो १ काठमाडौंमा माइतिघर मण्डलामा ‘राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि’ भन्दै विरोध प्रर्दशन गर्न लागेको हो ।

शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट रविलाई प्रहरीले पक्राउ गरेर पोखरा लगेको थियो । रातिदेखि नै रास्वपा कार्यकर्ताले विरोध गरिराखेका छन् ।

जिल्ला अदालत कास्कीले रविसहित १४ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । रविविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले संगठित अपराध र सहकारी ठगीमा मुद्दा चलाउनेछ ।