
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राजसंस्था पुर्नस्थापना लागि हुने लागेको संयुक्त जनआन्दोलनमा संलग्न नहुने जनाएको छ ।
पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले उक्त आन्दोलनपछि रास्वपाको नैतिक समर्थन वा ऐक्यवद्धता पनि नरहने स्पष्ट पारे ।
संयुक्त जनआन्दोलन समितिका तर्फबाट संयोजक नवराज सुवेदीले मंगलबार रास्वपालाई १५ जेठबाट हुने आन्दोलमा सहभागीता र सहकार्यको प्रस्ताव गर्दै रास्वपालाई पत्राचार गरेका थिए । उनले कार्यवाहक सभापति डीपी अर्याललाई सम्बोधन गर्दै लेखेको पत्र हिजो रास्वपा कार्यालयमा पुगेको थियो । उनले पत्रका विषयमा पार्टीभित्र सहकार्य र बहससमेत नहुने बताए ।
अर्याललाई पठाएको पत्रमा सुबेदीले रास्वपा सभापति रवि लामिछानेले यो व्यवस्थामा आफूले निस्पक्ष न्याय पाउनेमा शंका व्यक्त गरेको तथा रास्वपा यो व्यवस्थाप्रति असन्तुष्ट रहेको आफ्नो बुझाइ उल्लेख गरेका छन् । अर्यालले रास्वपाभित्र अहिले राजसंस्थाको बहस नै नरहेको दाबी गरे । अर्यालले पत्रको जवाफ दिइरहनुपर्ने आवश्यता नरहेको समेत बताए ।