images
images

ललिता निवास जग्गा घोटाला प्रकरण र पतञ्जलीको जग्गामा अख्तियारको द्वेध चरित्र

काठमाडौं । ललिता निवास जग्गा घोटाला प्रकरणमा अनुसन्धानका लागि पछि हटेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठको जग्गा अनियमितता प्रकरणमा विशेष अदालतमा दायर गरेको रिटमाथि द्वेध चरित्र देखिएको सार्वजनिक भएको छ ।

तत्कालील ललिता निवासको जग्गा हिनामिना प्रकरण छानबिनमा मन्त्रिपरिषद्को नीतिगत निर्णय भन्दै अख्तियारको क्षेत्राधिकारमा नपर्ने बताएको आयोगले प्रधानमन्त्री कार्यालयलाई पत्र नै पठाएको थियो ।

सोही प्रकृतिको पतञ्जली योगपीठको जग्गा हिनामिनामा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको संलग्नता आरोप लगाउँदै विशेष अदालतमा मुद्धा दायर भएको छ । अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले एकै प्रकृतिका मुद्धामा द्वेध चरित्र देखाएको भन्दै प्रश्न उठेको छ ।

भ्रष्टाचारजन्य मन्त्रिपरिषद्का नीतिगत निर्णयमा समेत छानबिन गर्न सकिने सर्वोच्चको नजीर रहेको बताउँदै माओवादी केन्द्रका सांसद राजन दाहालले एकै किसिमको निर्णयमा द्वेध प्रकृतिको चरित्र देखाउनु बिडम्बना रहेको बताए ।

स्पेस फोरके टेलिभिजनसँग कुरा गर्दै उनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको घोटाला काण्डका आरोपित नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई सार्वजनिक लेखा समितिले तत्काल निलम्बन गरी अनुसन्धान गर्नु भनेतापनि एकमहिना देखि अख्तियार फाइल नखोलेको आरोप लगाए । स्वार्थको द्वन्द्व बाँझिने ठाउँमा अधिकारी रहेकोले निलम्बन समेत गर्न नसक्नु सेटिङ मिलेको उनको दाबी छ ।

भ्रष्टाचारमा संलग्न रहेको आरोप लागिसकेपछि जो कोही पनि कारबाहीको दायरामा आउनुपर्ने बताउँदै दाहालले राजनीतिक कोतपर्व मात्रै निम्त्याइनु बिडम्बना हुने बताए । भिजिट भीसा प्रकरणमा अनियमितताको आरोप लागेका गृहमन्त्री रमेश लेखकमाथि छानबिन नहुनु, समिति नबन्नु दुखद् रहेको उनको भनाइ छ । समिति नबनेसम्म संसदको गतिरोध पनि नखुल्ने उनको दाबी छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS