images
images

विजयी दाहाललाई पराजित शर्माको बधाई

काठमाडौं– राष्ट्रियसभा नवनिर्वाचित अध्यक्ष एवम् आफ्ना प्रतिपस्पर्धी नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहाललाई कांग्रेसका उम्मेदवार युवराज शर्माले बधाई दिएका छन्।

मंगलबार भएको अध्यक्षको निर्वाचनमा माओवादी-एमालेसहितको गठबन्धनका दाहालसँग शर्मा पराजित भएका हुन्। दाहाल विजयी भएपछि बैठकस्थलमै शर्माले बधाई एवम् शुभकामना दिएका हुन्।

निर्वाचनमा माओवादीका दाहालले ३९ मत प्राप्त गरी बहुमतका आधारमा विजयी भए। शर्मा र दाहालका लागि दुवै तर्फबाट पेस गरिएको प्रस्तावित मत बहुमतका आधारमा पारित गरिएको हो। जसमा ३९ मत लिएका माओवादीका दाहाल विजयी भएका हुन्।

कांग्रेसका शर्मालाई अध्यक्ष बनाउनुपर्ने प्रस्तावमा १७ जनाले मत दिएका थिए। राष्ट्रियसभाको आज भएको निर्वाचनमा जम्मा ५६ मत खसेको हो। राष्ट्रियसभाको अन्तरिम कार्यविधि २०७४ को दफा ६ को उपदफा ३ बमोजिम दाहाललाई राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित गरिएको हो। दाहाल राष्ट्रियसभामा रिक्त रहेको विज्ञ कोटाबाट मनोनित भएका थिए।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS