
काठमाडौं । संखुवासभाको मादी नगरपालिका-१ उम्लिङबाट धरान जाँदै गरेको बोलेरो दुर्घटना भएको छ।
उम्लिङबाट धरान जाँदै गरेको बोलेरो धनकुटाको फोक्लेन टापुमा दुर्घटना भएको हो।
गाडीमा सवार २ जना घाइते भएको र अन्यको अवस्था सामान्य रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।
घाइतेहरूलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल लगिएको छ। बोलेरोमा चालक सहित १० जना सवार रहेको प्रहरीले जनाएको छ ।