images
images

सत्तारुढ दलहरूको बैठक बस्दै

काठमाडौं । शुक्रबार सत्तारुढ दलहरूको बैठक बस्दै छ ।

बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

बैठकमा पछिल्ला राजनीतिक समसामयिक विषयहरूमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । साथै मन्त्रीहरूको काम कारबाहीको समीक्षा पनि बैठकमा हुने बताइएको छ ।

विपक्षी दलहरूले घोषणा गरेको आन्दोलन, सुरक्षा र तिहार लक्षित सरकारको योजनाबारे पनि बैठकमा छलफल हुने बताइएको छ । यसअघि बुधबार पनि बैठक बसेको थियो ।