images
images
images

सन्दीपको मुद्दामा भएन सुनुवाइ, विश्वकप खेल्ने सम्भावना समाप्त

काठमाडौं । उच्च अदालत पाटनमा आजका लागि पेसी तोकिए पनि क्रिकेटर सन्दीप लामिछानेसम्बन्धी मुद्दाको सुनुवाइ नहुने भएको छ।

उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको इजलासमा पहिलो नम्बरमै पेसी तोकिए पनि मुख्य न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ नहुने भएको हो।

यसअघि मुख्य न्यायाधीश निरौलाकै इजलासले झगडिया झिकाउने आदेश दिएकाले उनले हेर्न नमिल्ने भन्दै सुनुवाइ नगरिएको हो।

यसअघि चारपटक पेसी तोकिएर पनि छिनोफानो हुन नसकेको सो मुद्दा आज पहिलो नम्बरमै पेसी परेकाले सुनुवाइ हुने अपेक्षा गरिएको थियो।

तर मुख्य न्यायाधीशसमेतको इजलास तोकिएकाले उनले मुद्दा हेर्न नमिल्ने भएको हो।

उच्च अदालतमा सन्दीपको पुनरावेदनमा तोकिएको यो पेसी पाँचौँ हो।

यसअघि २०८० चैत २३ गते मुख्य न्यायाधीश निरौला र कृष्णराम कोइरालाको इजलासले प्रत्यर्थी झिकाउने आदेश दिएको थियो।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS