images

सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै, सफाइ पाए विश्वकप खेल्न पाउने ?

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै छ ।

यसअघि पटकपटक धकेलिएको लमिछानेको मुद्दामा आज उच्च अदालतमा पेसी तोकिएको छ । आज सुनवाई सुरू हुने अपेक्षा सन्दीपले राखेका छन् ।

उच्चमा विभिन्न कारण देखाएर तीनपटक सुनवाई स्थगित भइसकेको छ । अघिल्लो पटक हेर्न नभ्याइनेमा परेको थियो ।

यसअघि गत आइतबार अदालतले आज पहिलो प्राथमिकतामा राखेर मुद्दाको सुनुवाइ गर्न आदेश दिएको थियो । जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

सन्दीपले टी २० विशश्वकपमा स्थान बनाउनका निम्ति आज सुनवाई हुनु निकै महत्वपूर्ण छ । यदि चाँडै फैसला आएर सन्दीपले सफाइ पाएमा उनी विश्वकप टीममा समेटिन सक्ने छन् । विश्वकप विश्वकप हेरफेर गर्ने डेडलाइन आउँदो मे २५ तारेखसम्म छ ।