काठमाडौं । कोसी ब्यारेजबाट सप्तकोसीमा खसेको यात्रुवाहक बसमा सवार सबै यात्रुको उद्धार गरिएको छ।
ब्यारेजको ३५ नम्बरको ढोकादेखि दक्षिणतर्फ रहेको वाल भत्काएर नदीमा खसेको बा १ ख ४६०१ नम्बरको नरसिंह डिलक्सको बसमा सवार सबै यात्रुको उद्धार भएको सप्तरीका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिएका छन्।
उनका अनुसार बसका चालक, सहचालक र यात्रुहरूसहित १७ जना सवार थिए।
घाइते १७ जनामध्ये १२ जनाको कोसी हेल्थ केयर अस्पताल, सुनसरी, ४ जनाको भार दह अस्पतालमा उपचार भइरहेको उनले बताए।
चालक भने इलाका प्रहरी कार्यालय, भार दहको नियन्त्रणमा छन्। सिराहाको लहान नगरपालिका–८ बस्ने ३५ वर्षीय चन्दन कुमार मेहताले बस चलाएका थिए।


स्पेस समाचार







