images
images

सर्वोच्चमा तीन जना न्यायाधीश सिफारिस, एक अझै रिक्त

काठमाडौं । सर्वोच्च अदालतमा तीन जना न्यायाधीश सिफारिस भएका छन् ।

मंगलबार न्यायपरिषदले सर्वोच्चका लागि तीन जना न्यायाधीश सिफारिस गरेको हो । वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा सिफारिस भएका हुन् ।

पोखरेल सर्वोच्च अदालतका बार अध्यक्ष समेत हुन् । मुख्य न्यायाधीश पौडेल २०५० साउन १ गते न्याय सेवामा प्रवेश गरेका थिए । मुख्य न्यायाधीश थापा २०७० जेठ २७ गते न्याय सेवामा प्रवेश गरेका थिए ।
सर्वोच्च अदालतमा चार वटा न्यायाधीशको पद रिक्त थियो। अझै एक न्यायाधीशको पद रिक्त नै छ ।

सिफारिस भएसँगै अब उनीहरूको संसदीय सुनुवाइको प्रक्रिया अघि बढ्नेछ । सुनुवाइबाट अनुमोदन भए उनीहरू सर्वोच्चका न्यायाधीशमा नियुक्त हुनेछन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS