images
images
images

सहकारी ठगी प्रकरणमा पार्टी उपसभापति गुरुङ दोषी ठहरिए कारबाही हुन्छः विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा पार्टीका उपसभापति धनराज गुरुङ दोषी ठहरिए कारबाही गर्ने बताएका छन् ।

कांग्रेसको झापा काठमाडौँ सम्पर्क समितिले काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै शर्माले गुरुङमाथि छानबिन सुरु भइसकेको दाबी गरेका हुन्।

 

उनले भने–‘हाम्रो उपसभापतिमाथि छानबिन हुनुपर्छ, छानबिन प्रक्रिया अघि बढेको छ । त्यो प्रक्रिया अवरुद्ध गर्न कांग्रेस कहीँ लागेन । कहीँ दबाब दिएन । आज सीआईबीले छानबिन प्रक्रिया सुरु गरेको छ । धनराज गुरुङ छानबिन गर्दै गर्दा निर्दोष देखिनुहुन्छ, माला लगाउनुहुन्छ, कांग्रेसको नेतृत्व गरेर अगाडि जानुहुन्छ, दोषी देख्नुहुन्छ, जेल जानुहुन्छ ।’ उनले पुरानो दलले यति भन्न सक्ने तर नयाँ दलले भन्न नसक्ने उल्लेख गरे ।

उनले कांग्रेसले लिएको अडानका कारण अहिले ८७ अरब रुपैयाँको हिसाबकिताब अपचलन भएको तथ्य बाहिर आएको बताएका छन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS