images

सहिद स्मारक ‘ए’ डिभिजन लिग सुरु

काठमाडौं । नेपालको सबैभन्दा ठूलो फुटबल लिग सहिद स्मारक ‘ए’ डिभिजन लिग२०७९ दशरथ रङ्गशाला सुरु भएको छ ।

उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र एफसी खुमलटार मैदान उत्रिएका छन । जारि खेलमा फ्रेन्ड्स क्लबको कप्तानी प्रकाश बुढाथोकीले गरेका छन भने एफसीको कप्तानी जय गुरुङले गरिरहेका छन् ।

खुमलटार बी डिभिजन लिगको उपविजेता बन्दै शीर्ष डिभिजनमा उक्लिएको हो । शीर्ष डिभिजनको डेब्यु खेलमा खुमलटार सुखद सुरुआत गर्न चाहन्छ ।

दशरथ रङ्गशाला, एन्फा कम्प्लेक्स मैदान र च्यासलमा सञ्चालन हुने लिगमा १४ क्लबको सहभागिता रहने छ । लिगमा कूल एक सय ८२ खेल एन्फाले जनाएको छ । डबल राउन्ड रोबिन प्रणालीका आधारमा खेलाइने खेल कूल १२ करोड रुपैयाँ लगानीमा सञ्चालन हुने छ ।

लिगको विजेताले ७५ लाख, उपविजेताले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपियाँ पुरस्कार पाउनेछ । यस्तै लिगमा प्रत्येक खेलको विजेता टोलीलाई ५० हजार र यदि खेल बराबरी भएका २५ हजार रुपैयाँ प्रदान गरिने एन्फाले जनाएको छ ।

यतिबेला दशरथ रङ्गशाला दर्शकले भरिभराउ भएको छ । खेल हेर्ने कताकार सर्वसाधारण देखि राजनितिज्ञको सभागिता रहेको छ । खेलाडीले पनि आजको उद्घाटन खेलको लागी निकै उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।

खेलको प्रत्यक्ष प्रशारण स्पेस फो के टेलिभिजनबाट हुदैँछ ।