
काठमाडौं । साँगे सभ्यता संरक्षण तथा विकास अभियानद्धारा प्रकाशित साँगे दर्पण पुस्तक लोकार्पण गरिएको छ ।
जेठ १० गते, शनिवार काठमाडौंको सोह्रखुट्टेस्थित लेखनाथ साहित्य सदनमा एक कार्यक्रमको आयोजना गरी पुस्तक लोकार्पण गरिएको हो ।
प्रमुख अतिथि नेपाल सरकारका पूर्व सचिव पुरुषोत्तम ओझा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त एवं पूर्व न्यायधिस कृष्णबल्लभ काफ्ले, पूर्व न्यायधिस एवं काठमाण्डौं विश्वविद्यालय, कानुन संकायका डिन डा.ऋषिकेश वाग्ले, स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक एवं गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा.रघुराज काफ्ले, साँगे सभ्यता संरक्षण तथा विकास अभियानका संयोजक सुरेन्द्र वाग्ले र साँगे दर्पण पुस्तकका सम्पादक एवं अभियानका महासचिव सरोज ओझा, अभियानका कार्यसमिति सदस्यहरु ई.ठाकुर प्रसाद पण्डित, हरिराज वाग्ले, बालवती शर्मा बाला, चन्द्रा न्यौपाने, गंगाधर भट्टराई र पदेन सदस्य एवं अष्ट्रेलिया क्षेत्रका संयोजक डा.राम पण्डितले संयुक्त रुपमा पुस्तक लोकार्पण गरेका हुन्।
सो अवसरमा साँगे क्षेत्र थाँतथलो रही राष्टिय रुपमा चर्चा कमाउन सफल तथा साँगे क्षेत्रको विकासमा उल्लेख्य योगदान पुर्याएका अग्रज व्यक्तित्व नेपाल सरकारका पूर्व सचिव पुरुषोत्तम ओझा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त एवं पूर्व कृष्णबल्लभ काफ्ले, पूर्व न्यायधिस एवं काठमाण्डौं विश्वविद्यालय, कानुन संकायका डिन डा.ऋषिकेश वाग्ले, स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक एवं गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. रघुराज काफ्ले, नेपाल सरकारका पूर्व सहसचिव ई.माधवप्रसाद ओझा, वरिष्ठ अधिवक्ता प्राध्यापक डा.गान्धी पण्डित, रेडियो नेपालका पूर्व नायब कार्यकारी निर्देशक ई. श्रीभद्र वाग्ले, अग्रज एवं कृषक केदारनाथ वाग्ले, उद्योगपति एवम समाजसेवी पशुपति न्यौपाने, सामाजिक एवं राजनीतिक व्यक्तित्व बाबुराम भण्डारी, शिक्षासेवी एवं साहित्यिक व्यक्तित्व माधवप्रसाद भारद्धाज, कृषि विज्ञ दीपेन्द्रकेशरी न्यौपाने, चलचित्र पत्रकार एवं समिक्षक यज्ञस पण्डित, सामाजिक एवं राजनीतिक व्यक्तित्व भूवनेश्वरी पण्डित अधिकारी, अग्रज महिला सरस्वती न्यौपाने, पूर्व उपसचिव दामोदर भण्डारीलाई साँगे गौरव सम्मान र दाता मध्ये गोविन्दराज वाग्लेलाई साँगे दर्पण उकृष्ट दाता सम्मान र बलबिक्रम शाहीलाई साँगे दर्पण दाता सम्मानबाट विभुषित गरियो । उहाँहरुलाई साँगे सभ्यता संरक्षण तथा विकास अभियानका संयोजक सुरेन्द्र वाग्ले र साँगे दर्पण पुस्तकका सम्पादक एवं अभियानका महासचिव सरोज ओझाले माला र सम्मानपत्रले सम्मान गरेका थिए ।
समारोहमा बोल्दै पूर्व सचिव पुरुषोत्तम ओझाले साँगे क्षेत्रको ऐतिहासिक, सामाजिक र सांस्कृतिक विशेषताहरू दस्तावेजीकरण गर्नु समय सान्दर्भिक कार्य भएको उल्लेख गर्दै पुस्तकले साँगे क्षेत्रको पहिचानलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे ।
त्यसैगरी स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक एवं गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा। रघुराज काफ्लेले साँगे क्षेत्रको समग्र विकासलाई अभिलेखमा उतार्न सफल यो पुस्तक नीति निर्माण र योजना विकासको सन्दर्भमा पनि उपयोगी बन्न सक्ने धारणा राखेका छन् ।
तनहुँस्थित साँगे उपत्यकाको मौलिक सभ्यतालाई उजागर गर्न तथा विकास गतिविधिमा सघाउ पुगोस् र यसले भावी पुस्ताका लागि समेत मार्गदर्शन दिलाउन सकोस् भन्ने उदेश्य राखी खोजमूलक सन्दर्भ सामाग्रीका प्राथमिकतामा राखी पुस्तक प्रकाशन गरिएको सम्पादक एवं अभियानका महासचिव सरोज ओझाले बताएका छन् ।
कार्यक्रममा समालोचक एवं प्राध्यापक दीनदयाल रेग्मी खोजमूलक रुपमा आएकाले पुस्तक संग्रहनीय र पठनीय दुवै रहेको बताए ।