images

सामूहिक हत्याको आरोपमा मुद्दा चलाउन हसिनालाई सुपुर्दगी गर्ने तयारी

काठमाडौं । बङ्गलादेशको अन्तरिम सरकारले पूर्व प्रधानमन्त्री शेख हसिनालाई बङ्गलादेश फर्काउने प्रयासको तयारी थालेको छ ।

बङ्गलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरण–आईसीटीका वरिष्ठ अधिवक्ता मोहम्मद ताजुल इस्लामले बङ्गलादेशले पूर्व प्रधानमन्त्री शेख हसिनालाई भारतबाट सुपुर्दगी गर्न आवश्यक कदम चाल्ने बताए ।

आईसीटीका प्रमुख अभियोजक ताजुल इस्लामलाई डेली स्टार अखबारले उद्धृत गर्दै पूर्व प्रधानमन्त्री हसिनालाई भारतसँगको सुपुर्दगी सन्धी अन्तर्गत जुलाईमा विद्यार्थी नेतृत्वको आन्दोलनमा भएको सामूहिक हत्याको आरोपमा मुद्दा चलाउन सुपुर्दगी गरिने बताएको छ ।

अगस्टमा आईसीटीले पुनः काम सुरु गरेपछि आफूहरू हसिनालाई सामूहिक हत्या र मानवताविरुद्धको अपराधका सम्बन्धमा मुद्दा चलाउन भारतबाट बोलाउने तैयारी थालेको उनले बताएका छन् ।

ढाकामा रहेका हसिनासहित सबै फरार अभियुक्तविरुद्ध पक्राउ पुर्जी जारी गर्नका लागि अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणमा मुद्दा दायर गर्ने र नयाँ मुद्दाको सुनुवाइका लागि सरकारसँग छलफल गर्ने समेत स्पष्ट पारे ।