images

सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु

काठमाडौं । बुधवारदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु भएको छ ।

सोह्र श्राद्ध सुरु भएसँगै पशुपतिनाथ, गोकर्णेश्वर लगायतका तीर्थस्थलमा श्राद्ध एवं पितृको नाममा तर्पण गर्नेहरूको भीड छ । बुधवार पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहेको थियो ।

त्यसपछि प्रतिपदा ९परेवा० तिथि लाग्ने भएकाले पहिलो तिथिको श्राद्ध गर्न लागिएको हो । मूल वैदिक परम्पराअनुसारको तिथि पत्रमा पनि बुधवार नै प्रतिपदा उल्लेख छ ।

वैदिक परम्परामा तिथि टुट्दैन । एक सूर्योदयदेखि अर्को सूर्योदयसम्म एउटै तिथि रहन्छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो ।

चाडपर्व, यज्ञ तथा ठुला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सत्य सनातन हिन्दु परम्पराअनुसार सोह्र श्राद्ध गर्ने गरिन्छ ।

सोह्र श्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आस गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यसरी सोह्र श्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनुका साथै पितृ ऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।