images
images
images

हङकङ सिक्सेस: क्वार्टरफाइनलबाटै बाहिरियो नेपाल

काठमाडौं । हङकङ सिक्सेसको क्वार्टर फाइनलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको छ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ६ ओभरमा २ विकेट गुमाएर १२३ रन बनाएको थियो।

श्रीलंकाका लागि सन्दुन वीरक्कोडीले ५०, थानुका दाबारेले १८, लिहुरु मधुसंकाले ३१ र लाहिरु सामाराकूनले २२ रन बनाए।

बलिङतर्फ नेपालका प्रतिश जिसी र नारायण जोशीले एक–एक विकेट लिए।

जवाफी ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरेको थियो। नेपालका लागि रासिद खानले ५५, लोकेश बम ६, कप्तान सन्दीप जोरा शून्य, विवेक यादव ५, नारायण जोशी १३ र प्रतिश जिसी शून्य रनमा आउट भए।

यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। नेपालले समूह चरणको आफ्नो पहिलो खेलमा इंग्ल्याण्ड र दोस्रो खेलमा अष्ट्रेलियालाई हराएको थियो।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS