काठमाडौं । द हङकङ सिक्सेसमा इंगल्यान्ड र अस्ट्रेलियालाई हराएको नेपालले क्वाटरफाइनलमा श्रीलंकाको सामना गर्ने भएको छ।
नेपाली समय अनुसार शनिबार दिँसो १:३५ बजे सुरु हुने खेलमा अर्को एउटा सनसनिपूर्ण नतिजाको प्रतिक्षामा रहेको छ। क्वाटरफाइनलमा समूह ‘बी’ २ टोलीले ‘डी’ १ टोलीसँग खेल्ने प्रतियोगिता नियमावलीमा उल्लेख छ।
समूह ‘बी’ को सुरुवाती सिडिङमा ‘बी’ २ मा इङ्ग्ल्याण्ड रहेपनि क्वाटरफाइनल पुग्न असफल भएपछि नेपालले इंगल्यान्डको स्थान लिंदै क्वाटरफाइनलमा स्थान बनायो।
‘डी’ १ मा भने श्रीलंका रहेको थियो। त्यससैले समूह ‘बी’ को विजेता भए पनि नेपाल श्रीलंकाले खेल्नुपर्ने भएको हो। श्रीलंका समूह ‘डी’ को विजेताका रुपमा क्वाटरफाइनलमा पुगेको हो।
समूह ‘बी’ मा नेपालले इङ्ग्ल्याण्ड र अस्ट्रेलियालाई पराजित गरेर शीर्ष स्थानमा रहेको छ। शुक्रवार इङ्ग्ल्याण्डलाई ६ विकेटले हराएको नेपालले शनिवार अस्ट्रेलियालाई ११ रनले पराजित गरेको थियो।
आजै हुने अन्य क्वाटरफाइनलका खेलमा हङकङ र अस्ट्रेलिया अहिले केही बेरमा भिड्दा पाकिस्तान र दक्षिण अफ्रिका दोस्रो क्वाटरफाइनलमा १०:५० मा प्रतिस्पर्धा गर्ने छन्।
त्यस्तै तेस्रो क्वाटरफाइनलमा नेपाल र श्रीलंका भिड्दा चौंथो क्वाटरफाइनलमा बंगलादेश र युएइ खेल्ने छन्। जारी हङकङ सिक्सेसमा टेस्ट टोलीहरु एसोसिएटेड टोली विरुद्ध निस्प्रभावी देखिए।
१२ टोली सहभागि प्रतियोगितामा न्युजिल्यान्ड, इंगल्यान्ड, भारत क्वाटरफाइनल पुग्न असफल भए। एसोसिएटेड टोलीहरु हङकङ, नेपाल र युएइले भने क्वाटरफाइनलमा स्थान बनाएका छन्।