images
images

धरहरा अवलोकन गर्न पर्यटकको भीड, ७ महिनामै करोडौं राजस्व संकलन

काठमाडौं । हालसम्म दुई लाख ३७ हजारभन्दा बढीले धरहराको अवलोकन गरिसकेका छन् ।

सात महिनाको अवधिमा चार करोड ८३ लाख बढि राजस्व संकलन भएको छ । उक्त रकम प्रतिदिन सिधै सरकारको राजस्व खातामा जम्मा गरिँदै आएको छ ।

टिकट बिक्रीबाट संकलित रकमबाट कुनै पनि शीर्षकमा खर्च नगर्ने नीति अपनाइएको छ । धरहराको बेसमेन्टमा सवारीसाधनको पार्किङ व्यवस्था गरिएको छ ।

हालसम्म कुनै शुल्क नलिइएको कार्यालयले जनाएको छ । सर्वसाधारणले निःशुल्क पार्किङ सुविधा उपयोग गर्दै आएका छन् । धरहरा अवलोकनका लागि खुला गरिएको ७ महिना पुगे पनि धरहरा पुनः निर्माणको काम भने अझै सम्पन्न भईसकेको छैन ।

अयोजना उपनिर्देशक अविनास श्रिवास्तवका अनुसार सुनधारा निर्माण, सपिङ्ग कम्प्लेक्स फिनिसिङ्गका कामहरु बाँकि रहेको छ । राजस्व संकलनसँगै जनताको आकर्षणसमेत बढ्दै गएको धरहराले अब थप समय जनतालाई सेवा दिने तयारी गरिरहेको छ ।

ऐतिहासिक स्मारकको पुनर्निर्माण मात्र होइन, यसको दिगो व्यवस्थापनमा पनि सरकारको ध्यान जान थालेको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS