images

सुर्खेतका तीन पालिकाका पाँच जनामा दादुरा संक्रमण पुष्टि

सुर्खेत । सुर्खेतमा दादुरा संक्रमण फैलिएको छ । यँहाका तीन पालिकाका पाँच जनामा दादुरा संक्रमण पुष्टि भएको हो ।

सुर्खेतमा पाँच जनामा दादुरा संक्रमण पुष्टि भएको छ ।

अहिले वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा एक–एक जनामा दादुरा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिए ।

छिमेकी जिल्ला बाँकेमा दादुराको संक्रमण तीव्र भइरहेका बेला सुर्खेतमा पनि संक्रमण देखिएकाले सतर्कता अपाउन उनले सुझाव दिए ।

गत मंसिर ५ गते बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा पहिलो पटक पाँच बर्षिय बालकमा दादुराको लक्षण देखापरेको थियो ।