images

नेपाल टेलिकमका प्रयोगकर्ता पुगे २ करोड १३ लाख

काठमाडौँ । नेपाल टेलिकमले आफ्ना प्रयोगकर्ता २ करोड १३ लाख पुगेको जनाएको छ । टेलिकमले १९ वर्ष पार गरी २०औँ वर्ष प्रवेश गरेको अवसरमा यस्तो जानकारी दिएको हो ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका प्रबन्धनिर्देशक सुनिल पौडेलले १९औँ वार्षिक उत्सवका अवसरमा सम्बोधन गर्दै टेलिकमको सेवा नेपालको कूल जनसंख्याको ७५ प्रतिशतमा पुगेको बताएका हुन् ।

प्रबन्धनिर्देशक पौडेलले २ करोड १३ लाख प्रयोगकर्ता मध्ये १ करोड १५ लाख फोरजी सेवाको प्रयोगकर्ता रहेको बताए। टेलिकमले गत आर्थिक वर्षमा ४४ अर्ब आम्दानी गरेकोमा यस आर्थिक वर्षमा ८ अर्ब खुद नाफा गरेको छ।

अघिल्लो आवमा २६ अर्ब राजस्व योगदान गरेको थियो भने अहिले त्योभन्दा बढी हुने प्रबन्धनिर्देशक पौडेलले बताए।

पौडेलले अहिले टेलिकमको ७३९ वटा स्थानीय तहमा फोरजी एलटी सेवा पुगिसकेको र फाइभजी उपकरण जडान गरी परीक्षणको तयारी भइरहेको जानकारी गराए ।