images
images

सुनको मूल्यमा सामान्य गीरावट, चाँदीको मूल्य दुई दिनदेखि स्थिर

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ।

मंगलबार सुन तोलामा २ सय रुपैयाँले घट्दै प्रतितोला एक लाख ३ हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार सुन प्रतितोला एक लाख ४ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य दुई दिनदेखि स्थिर छ।आइतबार तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १२ सय ९५ रुपैयाँ कायम रहेको चाँदी मंगलबार पनि घटबढ भएको छैन।

अन्तराष्ट्रिय बजारमा मंगलबार सुनको मूल्य थोरै घटेको छ। सुन प्रतिऔंस १८५८.१९ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस २१.९८ डलर छ। सोमबार सुन प्रतिऔंस १८५७.७७ डलर र चाँदी प्रतिऔंस २१.८३ डलर थियो।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS