images

ए डिभिजन लिगः उद्घाटन खेल फ्रेन्ड्स क्लब र खुमलटार भिड्दै

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग आजबाट सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लिगको उद्घाटन खेलमा अनुभवी फ्रेन्ड्स क्लब र नवप्रवेशी एफसी खुमलटार भिड्ने भएका छन् । पहिलो पटक ए डिभिजन लिगमा डेब्यु गर्न लागेको खुमलटार युवा क्लबले आफ्नो नाम परिवर्तन गर्दै एफसी खुमलटार राखेको छ। स्पेस फोर के टेलिभिजनले लिगको प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।

एफसी खुमलटारका प्रबन्ध निर्देशक विदुर श्रेष्ठ लिगमा टीमले पहिलो चोटी डेब्यु गर्न लागेको भए पनि टिमले लिगका लागि करिब दुई महिनादेखि प्रशिक्षण गरेको र आफूहरु उपाधिको दावेदार भएको बताउँछन । टोलीमा युवा खेलाडीको बाहुल्यता रहेकाले आफुहरुसँग भएका सबै खेलाडी फिट रहेको उनी बताउँछन । एफसी खुमलटारका कप्तान रेजिन सुब्बा पनि आफ्नो टोलीमा युवा खेलाडीह रहेकाले उपाधी जित्ने दावी गर्छन ।

फ्रेन्ड्स क्लबका प्रशिक्षक उर्जन श्रेष्ठ पनि आफूसँग अनुभवी खेलाडी भएकाले लिग जित्ने दावी गर्छन । फ्रेन्डसले लिगको तयारीका लागि दुई नकआउट प्रतियोगिता समेत खेलिसकेको छ । आज हुने उद्घाटन खेलका लागि आफ्ना सबै खेलाडी फिट भएको प्रशिक्षक श्रेष्ठले बताउँछन । ।