images

तोलामा एक हजारले बढ्यो सुनको भाउ

काठमाडौं । सुनको भाउ आज आज तोलामा एक हजार रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलामा एक लाख १० हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेर एक लाख ९ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलाको एक हजार चार सय ३५ रुपैयाँ रहेको थियो ।