images

डिजेल र मट्टीतेलको भाउ घट्यो, पेट्रोल र खाना पकाउने ग्यासको भाउ किन घटेन ?

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी) बाट मूल्य घटेर आएपछि डिजेलको मूल्य लिटरमा ४ रूपैयाँ घटाइएको निगमले जानकारी दिएको छ । घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागू हुनेछ ।

निगम व्यवस्थापन समितिको निर्णयअनुसार स्वचालित मूल्य समायोजन कार्यविधिलाई यथावत राख्दै डिजेलको मूल्य घटाइएको निगमले जनाएको छ । अब काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर १६४ रुपैयाँ कायम भएको छ ।

आईओसीबाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि चाडपर्वको मुखमा उपभोक्ता मूल्य नबढाउने सरकारको नीतिअनुसार हाललाई मूल्य यथावत राखिएको निगमले जनाएको छ ।