images

एपिवान टीभिले भुषण दाहालले दुर्गा प्रसाईंसँग लिएको अन्तरवार्ता रोक्यो,दाहालले व्यक्त गरे असन्तुष्टि

काठमाडौं। एपीवान टेलिभजन राजसंस्थावादी अभियान्ता भनिएका दुर्गा प्रसाईंको अन्तरवार्ता रोकेको छ। वरिष्ठ पत्रकार भुषण दाहालले लिएको अन्तवार्ता रोकिएपछि दाहालले सामाजिक सञ्जाल ट्विटर मार्फत असन्तुष्टि व्यक्त गरेका छन।

उनले ट्विट मार्फत भनेका छन,‘वाह १ लोकतन्त्र, ३५ वर्षको मेरो टेलिभिजन यात्रामा पहिलोपटक, बनेर तयार कार्यक्रम हेर्दै नहेरी व्यवस्थापनको हवाला दिँदै प्रसारण नगरिने जानकारी एपी १ एचडी बाट प्राप्त भएकाले खेदपूर्ण रुपमा सम्पूर्ण दर्शकहरुलाई जानकारी गराउँछु ।’

उनले टेलिभिजनले रोकेको कार्यक्रम साझा कथा नामक युट्युब मार्फत आज राति ८ बजे अपलोड गर्ने जानकारी दिएका छन् ।

A complete Nepali News Portal based on news & views
images
SKIP THIS