काठमाडौं– सत्ता गठबन्धनमा परिवर्तन आएसँगै सेयर बजारमा सर्किट ब्रेक लागेको छ । आइतबारको तुलनामा सोमबार नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि बजारमा सर्किट ब्रेक लागेको हो ।
कारोबार सुरु भएको पहिलो १ घण्टाभित्र ४ प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्छ । सर्किट ब्रेकपछि २० मिनेटका लागि कारोबार स्थगित भएको छ ।