images

चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशतमा सीमित हुने विश्व बैङ्कको प्रक्षेपण

काठमाडौं– विश्व बैङ्कले चालु आर्थिक वर्ष २०८१/८१ मा नेपालको आर्थिक वृद्धि ३ दशमलव ३ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ ।

मङ्गलवार ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । सरकारले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ । गत पुसमा विश्व बैङ्कले नेपालको आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । गत आर्थिक वर्ष नेपालको आर्थिक वृद्धि २ दशमलव २ प्रतिशत थियो ।

 

आगामी आर्थिक वर्ष भने नेपालको अर्थतन्त्र ४ दशमलव ६ प्रतिशतले विस्तार हुने विश्व बैंकको प्रक्षेपण छ । सन् २०२६ मा ५ दशमलव ३ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान छ । यो वर्ष मूल्यवृद्धि ६ दशमलव ७ प्रतिशतमा सीमित हुने तथा आगामी वर्षहरूमा क्रमशः ६ प्रतिशत र ५ दशमलव ५ प्रतिशतमा सीमित हुने विश्व बैङ्कको प्रक्षेपण छ ।