images

सरकारले जीबीराईलाई पक्राउ गर्न नसक्नु रहस्यमय छ : अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सहकारी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेलाई मात्र नभएर सबै ठगहरुलाई पक्राउ गर्नुपर्ने बताएका छन् । स्पेस फोरके टेलिभिजनको कार्यक्रम स्पेस सम्वादमा पत्रकार खेम बमसँग कुरा गर्दै भ्रटाचारको प्रकरणमा कसैलाई काखा र पाखा गर्न नहुने बताएका छन् । राजनीतिलाई कमाउने भाडो बनाउदा मुलुक भ्रष्टाचारको चक्रव्यूहमा फस्दै गएको केसीले दाबी गरेका छन् । यस्तै लामिछानेलाई सहकारी प्रकरणमा सरकारले पक्राउ गर्नु प्रतिशोध नभएको पनि स्पष्ट पारेका छन् । सरकारले जिबी राईलाई पक्राउ गर्ने सक्ने भएपनि पक्राउ नगर्नु रहस्यमय भएको केसीले ठोकुवा गरे ।

पुरा भिडियो तल हेर्नुहोस