images
images

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार(आज) सुनको मूल्य घटेको छ। गत साता लगातार बढेको सुनको मूल्य यो साताको कारोबारका दुवै दिन घटेको हो।

आज सुनको मूल्य प्रतितोला एकसय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मूल्य आज तोलाको एक लाख ५७ हजार रुपैयाँ कायम भएको छ।

हिजो सुनको मूल्य आठसय रुपैयाँ घटेको थियो। शुक्रबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँ बढेको थियो। गएको शुक्रबार सुनको मूल्य तोलाको एक लाख ५७ हजार नौसय रुपैयाँ थियो। गएको बिहीबार पनि सुनको मूल्य प्रतितोला एक हजार दुईसय रुपैयाँ बढेको थियो।

आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार आठसय ६० रुपैयाँमै स्थिर रहेको हो। हिजो पनि चाँदीको कारोबार मूल्य यही थियो।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो । गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सार दर घटाएपछि सुनचाँदीकै मूल्यमा गिरावट आएको हो ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS