images

इटाली लगायो प्रयोगशालाबाट उत्पादन हुने मासुमाप्रतिवन्ध

काठमाडौं। इटालीले प्रयोगशालामा उत्पादन हुने मासुमा प्रतिबन्ध लगाएको छ । इटाली कृत्रिम तरिकाले बनाएको मासुको उत्पादन, बिक्री र आयातमा प्रतिबन्ध लगाउने संसारको पहिलो देश बनेको छ ।

इटालीको संसदले महिनौंसम्मको बहसपछिल उसले नयाँ कानून पारित गर्दै त्यस्तो कार्यमा प्रतिवन्ध लगाएको हो । उक्त देशले बनाएको कानुनको उल्लंघन गरेको पाएमा ६० हजार युरोसम्म जरिवाना गरिने भएको छ।

जर्मनी र स्पेन लगायत अन्य देशहरूले खेती गरिएको मासुको उत्पादन प्रक्रिया सुधार गर्न अनुसन्धानमा ठूलो लगानी गरिरहेका बेला इटालीले प्रतिबन्ध लगाएको हो ।

खेती गरिएको मासुलाई हर्मोन र एन्टिबायोटिकको प्रयोगको आवश्यकता पर्दैन । यसमा परम्परागत रूपमा पाइने मासुभन्दा कम खर्च हुन्छ । कृषिमन्त्री फ्रान्सेस्को लोलोब्रिगिडाको सामाजिक सञ्जाल पोस्टकाअनुसार यो कदमले इटालीको पाक परम्परा र कृषि क्षेत्रमा रोजगारीको रक्षा गर्ने बताइएको छ ।