इन्डोनेसियामा भीषण वर्षा र पहिरो, ११ जनाको मृत्यु, ५० बढी वेपत्ता

एजेन्सी । इन्डोनेसियामा मुसलधारे वर्षापछि पहिरो जाँदा ११ जनाको मृत्यु भएको छ।

पहिरोका कारण ५० जना भन्दा बढी मानिसहरू वेपत्ता भएको इन्डोनेसियाको विपत व्यवस्थापन निकायले जनाएको छ। राष्ट्रिय विपत व्यवस्थापन निकायका अनुसार इन्डोनेसियाको रिउ टापुमा मात्रै पहिरोले अधिकांश घरहरु पुरिंदा सयौं घरबारविहीन बनेका छन् ।

इन्डोनेसिमा मुसलधारे वर्षा अझै जारी रहेकोले सर्वसाधारणलाई थप सतर्कता अपनाउन भनिएको छ । इन्डोनेसियामा हरेक वर्ष पहिरोबाट ठूलो मानवीय क्षति हुने गरेको छ ।