images

उपनिर्वाचनका लागि आजबाट दल दर्ता सुरू

काठमाडौं । वैशाख १० मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि राजनीतिक दल दर्ता सुरू गर्दैछ ।

चितवन–२, बारा–२ र तनहुँ–१ मा बैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत मंसिर ४ को निर्वाचनमा निर्वाचित भए पनि नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरे पछि चितवन–२ रिक्त हुन पुगेको थियो भने तत्कालिन जसपाका केन्द्रीय महासचिव रामसहायप्रसाद यादव चैत ३ मा उपराष्ट्रपति निर्वाचित भएपछि बारा–२ रिक्त हुन पुगेको थियो ।

यसैगरी, तनहुँ–२ वाट निर्वाचित नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट«पतिमा निर्वाचित भएपछि सो स्थान रिक्त हुन पुगेको छ ।